
पूर्णपुष्टि, जेठ २९ गते ।
उदयपुरमा फेरी थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिकाको मोतिगडा क्वारेन्टाईनमा रहेका २४ वर्षीया महिला र १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
गत १९ गते ५३ जनाको नमुना स्वाव संकलन गरी परिक्षणको लागी काठमाण्डौँ पठाएको थियो । उक्त नमुना स्वाव परिक्षणमा यस अघि नै ४८ जनाको रिपार्ट नेगेटिभ आएपछि उनीहरुलाइ घर पठाई सकेको थियो ।
परिक्षणको रिपोर्ट आउँन बाँकी रहेका ५ जना मध्ये २ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उनीहरु सवै भारतबाट आई क्वारेन्टाईनमा बसेका हुन् ।
योसंगै उदयपुरमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । जिल्लाको हकमा हिजो मात्रै उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकामा पहिलोपटक संक्रमित देखिएको हो ।
