Thursday, April 30News That Matters

कटुवा पेस्तोल सहित ३ युवक पक्राउ

पूर्णपुष्टि, कार्तिक ५ । मोरङमा कटुवा पेस्तोल सहित ३ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरीपुर्वा–७ का २७ बर्षीय रबिन्द्र कुमार यादव, सर्लाही हरीपुर्वा–७ का २० बर्षीय कमलेश कुमार यादव र महोत्तरी गौशाला–६ का २२ बर्षीय राम दयाल यादव रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार चाडपर्व सुरक्षा बिशेष कार्य योजना अनुसार हिजो शुक्रबार राती साढे ९ बजे प्रहरी चौकी अमाहीबरियातीबाट गस्तीमा खटिएको प्रहरी टोलीले धनपालथान–२ स्थित भित्री सडक खण्डमा सडक छेउमा रोकी राखेको द्यच् ण्ट एब् ज्ञघटद्द नम्वरको स्कारपियो गाडीलाई संका लागि चेकजाँच गर्दा उक्त गाडीको ड्यासबोर्ड भित्र लुकाई राखेको कटुवा पेस्टोल १ थान र ३ राउण्ड गोली फेला पारेको हो ।

गाडीमा गोली सहित कटुवा पेस्तोल फेला परे संगै गाडी चालक रबिन्द्र, गाडीमा सवार रहेका कमलेश र राम लाई पक्राउ गरिएको डिएसपी दाहालले बताए । कटुवा पेस्तोल सहति पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको डिएसपी दाहालले जनाए ।