Tuesday, January 14News That Matters

कबडी ४ युट्युवको शिर्ष स्थानमा

पूर्णपुष्टि, १६ कार्तिक ।
दयाहाङ् राई, सौगात मल्ल र मिरुना मगर अभिनित नेपाली फिल्म कबडी ४ युट्युव च्यानलको शिर्ष स्थानमा पुगेको छ । युट्युवमा अपलोड गरेको १ दिनमै झण्डै २५ लाख बराबर उक्त फिल्मले भ्युज पाएको छ । यो समचार तयार पार्दा सम्म २३ लाख ९० हजार भ्युज नाघी सकेको अवस्था छ । कबडी हुँदै कबडी ४ सम्म यात्रा गरेको उक्त फिल्मले हलहरुमा पनि राम्रो दर्शक पाएका थिए ।