Wednesday, June 17News That Matters

कम्जोर सडकका कारण जोखिम यात्रा गर्न बाध्य ताप्लीवासी, ठेकेदारको लापर्वाही, स्थानीय सरकार मौन

पूर्णपुष्टि, भदौ २५
बर्षाका कारण ताप्लीमा सडक सहज नहुँदा स्थानीय तथा यात्रुहरुलाई समस्या परेको छ । पटकपटक म्याद थप गर्दै निर्माण गरिएको बाटो बर्षाको मुखमा झनै कम्जोर बनेपछि पहिरोले बगाएको छ । पालिकाको नुनथला ठानागाउँ रुपाटार सडक बर्षाले भत्काएपछि स्थानीय यात्रुहरु बिचल्ली परेको छ । सडक अबरुद्धका कारण काठमाण्डौँ बाट आएको बस बेतेनीमै थन्कीनु परेको छ । निरन्तर सुचारु बाटोमा दिर्गकालिन सडक नबन्नु र ठेकेदारको लापर्वाही सडक निर्माण तथा समयमै काम नसक्नुले पनि बाटोलाई कम्जोर बनाउन मदत पुराएको छ । यसरी समयमै सडक निर्माणमा ढिलाई गर्ने र बर्षाको मुखमा काम गर्नाले सडक मजबुद्ध नभई कम्जोरी तर्फ लाग्ने स्थानीय युवा समिप राईको बुझाई छ । काम ढिलाई र मापदण्ड अनुसारको काम समेत नगर्दा पहाडी सडकहरु कत्ति पनि नटिक्ने राईको भनाई छ ।

राई आफै पनि शुक्रबार गाईघाट बाट घर जाने फर्केका थिए । तर पालिकाकै मुख्य सडक अवरुद्ध हुँदा सयौँ दैनिकी यात्रा गर्ने स्थानीयहरु अलपत्र परेको छ । आफु चडेको सवारी बाटोका कारण बिच बाटोमै अलपत्र हुँदा दिउँसो पुग्नु पर्ने यात्रुहरु रातको १२ बजे मात्र घर पुगेको उनले पिडा सुनाए । यात्रुहरु आफैले जोखिम मोलेर गाडी छिराउने बाटो खन्दै जाँदा करिब १२ बजिसकेको अवस्थामा घर पुग्नु परेको राईले जनाए ।

बाटोका अवस्था सम्झँदै चालक रबिन ठकुरी भन्छन्”, ज्यान सियोको टुप्पामा राखेर पनि यात्रुहरुलाई सेवा दिनु पर्ने बाध्यता छ । आफु सँगै यात्रुहरु सँधै हिडिराख्नु पर्ने सडकको अवस्था कस्तो छ भन्ने कुराको स्थानीय सरकार र जनप्रतिनिधिहरुलाई जानकारी राख्दा सुनुवाईनै हुँदैन ठकुरीले भने, ।
सडककै कारण पालिकाका १ नं वडामा रेको दिपक मगर र खेशर बहादुर मगरको घर जोखिममा परेको छ । उनिहरु दुवैजानाको घर सडकका कारण लड्ने अवस्थाम ापेगको छ । प्राविधिक स्टिमेटमै सडक निर्माण भएपनि केहि कुराहरु ब्यवहारिकता नभएको स्थानीयहरुको गुणासो छ । केही व्यवहारिकता भएको भए जनताको घरै लडाएर बाटो लानु पर्ने आवश्यक नरहेको समिप राईले बताए । बिगत ३ बर्ष देखि निरन्तर निर्माण गरिरहेको रौता कन्ट्रक्सनले काम जथाभावी गरेको स्थानीयहरुले जनाए । त्यस सडकलाई पटकपटक म्याद थपेर निर्माण गरेको भएपनि मजबुद सडक बनाउन ठेकेदार कम्पनीले नसकेको उनिहरुको गुणासो छ । यस्तैगरी स्थानीय सरकारले पनि यसको निगरानी र लेखाजोखा नराखेको प्रति स्थानीयहरुको आपत्ती छ ।
सडक मर्मतका लागि पालिका सँग आवश्यक स्रोत साधन हुँदाहुँदै पनि यात्रुहरु आफैले पहिरो पन्छाउँदै हिड्नु परेको गुानासो स्थानीयहरुमा छ । दुईदिन देखी अबरुद्ध अवस्थामा रहेको बाटो कोही बिरामी र आपत्त विपत परेमो ज्यान जाने अवस्था रहेको जनाएको छ । यसलाई तत्काल समधान गर्न स्थानीय सरकार लागिपर्नु पर्ने पनि स्थानीयहरुले माग राखेको छ ।