
पूर्णपुष्टि, फागुन ४
उदउपुरमा करणी गरी फरार रहेका एक जना प्रदिवादी भक्तपुरबाट पक्राउ परको छ । जिल्लाको त्रियुगा नगरपालिका–१३ बस्ने सुब्बे भन्ने सुवास राई पक्राउ परेको हो । राईलाई भक्तपुर सुर्यबिनायक एरियामा बिगत १० बर्ष देखि लुकिछीपी बसीरहेको अबस्थामा उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले पक्राउ गरेको छ ।
२०६८।०३।०५ गतेका जिल्ला अदालत उदयपुरको फैसलाले जबरजस्ती करणी मुद्धामा ५ बर्ष कैद सजाय तोकिएको र पुनराबेदन अदालत राजबिराजको मिति २०६९।०२।०१ गतेको फैसलाले जिल्ला अदालतको फैसला सदर हुने ठहरी फैसला गरेको थियो ।
पक्राउ परेका राईलाई जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार कार्यालय गाईघाट पठाईस जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले बताउनुभयो ।

