Saturday, December 6News That Matters

कर कार्यालय गाईघाटले दश महिनामै उठायो ३८ करोड बढी राजश्व, बिभागको तार्गेटमा पनि उत्कृष्ट प्रदर्शन

पूर्णपुष्टि, १३ जेष्ठ ।
करदाता सेवा कार्यालय गाईघाटले १० महिनामा ३८ करोड बढी राजश्व संकल गरेको छ । कार्यालय प्रमुख राम राईका अनुसार २०८० को श्रापण महिनादेखी ÷२०८१ को बैशाख महिना सम्ममा ३८ करोड ५२ लाख ४० हजार राजश्व सकलन गरेको हो । कार्यालयले आयकर तर्फ २१ करोड ५८ लाख १४ हजार, मुल्य अभिबृद्धि कर तर्फ १५ करोड ९३ लाख ९७ हजार र अन्त शुल्क तर्फ १ करोड ३९ लाख ८४ हजार राजश्व संकलन गर्न सफल भएको छ । कार्यालयले आन्तरिक राजश्व बिभागले दिएको तार्गेटको समेत राम्रो प्रदर्शन गरेको छ । बिभागले दिएको १३ ओटा सूचककमा कार्यालयले राम्रो प्रदर्शन गरेको हो ।

कार्याले बिभागको जिम्मेवारीलाई झण्डै सय प्रतिशतको हाराहारीमा प्रदर्शन गरेको छ । बिभागले दिने सूचकहरुलाई सक्दो सम्म सबैखाले तार्गेटहरुलाई उत्कृष्ट प्रदर्शनमा जोड दिईएको प्रमुख राईको भनाई छ । कार्यालयले राजश्व संकलनमा आयकर तर्फ ७२ प्रतिश, मु. अ. कर तर्फ ५६ प्रतिश र अन्त शुल्क तर्फ भने ९६ प्रतिशत तार्गेट पुरा गरेको छ ।

यस्तै कार्यालयले अन्य सूचकहरुमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ । राजश्व संकलग सँगै बिभागले बक्योता अनुगमन संकलन, डिल्युटर विरुद्ध कानुनी कारबाही, बेरुजु निकासी, बजार अनुगमन, करको आधारलाई फराकिलो बनाउने, कर अनुपालन वृद्धि, प्रमाणीकरण, अन्त शुल्क खण्ड, कार्यालय व्यवस्थापन, करदाता शिक्षा, करदाता रेकर्ड अपडेट र कम्प्युटर बिलिङ को अनुपालन को निगरानी लगायत १३ ओटा सूिचकको उप शिर्षकहरुमा प्राय सबैमा ए प्लस मुल्याँङकन हुने गरी काम भएको छ । कार्यालयले संकलन खण्ड तर्फ ८८.०५ प्रतिशतको प्रदर्शन गरेको छ भने करदाता सेवा खण्ड तर्फ ९३.४८ प्रतिशत प्रदर्शन गरेको छ । यता संकलन र करदाता सेवाको कुल मिलाएर ९१.३१ प्रतिशत प्रदर्शन गर्न सफल भई उत्कृष्ट करदाता सेवाको रुपमा राजश्व बिभागले हेरेको छ ।