
पूर्णपुष्टि, असार २१
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले विद्युत प्राधिकरणलाई सोमवार एक ज्ञापन पत्र बुझाएको छ । करेन्ट लागी घाईते भएकी त्रियुगा नगरपालिका ३ मोतिगडाकी कृष्टिनाको उपचार र भविष्य ग्यारेन्टीको माग गर्दै संगठनले विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटलाई ज्ञापन पत्र बुझाएको छ । संगठनका अध्यक्ष सिताराम राउत सहितको टोलीले प्राधिकरणमै गई ज्ञापन पत्र बुझाएको हो ।

गाईघाट शाखा प्राधिकरणको चरम लापर्वाहीका कारण कृष्टिनालाई करेन्ट लागेको र यसको उपचार भविष्यको ग्यारेन्टी प्राधिकरणले नै लिनु पर्ने विज्ञाप्तीमा उल्लेख छ । गाईघाट बाट मोतिगडा हुँदै जोगिदह फत्तेपुर तर्फ लगिएको ११ हजार भोल्टेजको लाईनले घरको छतमा खेलिरहेको अवस्थामा कृष्टिनालाई करेन्ट लागेको थियो । यसरी चरम लापर्वाहीले लाईन र तार जथाभावी छोड्ने ठेकेदार, स्वीकृत गर्ने कर्मचारी सवैलाई कार्वाही गर्नु पर्ने ज्ञापन पत्रमा माग राखिएको छ । गम्भीर घाईते कृष्टिनाको हाल हस्पिटलमा उपचार भईरहेको छ । पत्र बुझ्दै प्रधिकरण प्रमुखले माथिल्लो निकायमा कुरा राखेर यस घटनालाई ध्यानमा राख्ने जनाएको छ ।

