Friday, February 14News That Matters

करेन्ट लागेर एक जनाको मृत्यु

पूर्णपुष्टि, भदै १८  

मोरङ बिराटनगर महानगरपालिका १८ खोक्साहा का २८ बर्षीय पप्पु कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ ।

आज दिउसो ११ बजे विराटनगर १७ स्थितमा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको क्रममा उनको कोशी अस्पताल बिराटनगरमा  मृत्यु  भएको थियो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि थप अनुसन्धान गरिरहेको छ ।