Tuesday, June 9News That Matters

करेन्ट लागेर एक महिलाको ज्यान गयो

पूर्णपुष्टि, असार १

झापामा करेन्ट लागेर एक जना महिलाको ज्यान गएको छ । बुद्धशान्ति गाउँपालिका–३ राजाटोल शितल बस्ती बस्ने ४८ वर्षीय विष्णुमाया बासकोटाको हात्ती जोगाउन राखेको करेन्टमा परी ज्यान गबएको हो ।

आज बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस भनेर राखेको बिजुलीको नाङगो तारमा करेन्ट लागी घाईते भएकी उनको बिर्तासिटी अस्पतालमा बिहान साढे ६ बजे ज्यान गएको छ ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमणीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  ।