Tuesday, June 9News That Matters

उदयपुरमा ९८ संक्रममित थपिए, ३६ कोरोना मुक्त, थप १ जनाको मृत्यु

पूर्णपुष्टि, असार १

उदयपुरमा आज (मंगलबार) थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४५ महिला र ५३ जना पुरुष गरी थप ९८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ८ सय ८१ जना पुगेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिएकाहरु त्रियुगा र बेलका नगरपालिका साथै ताप्ली र लिम्चुङबुङ गाउँपालिकाका रहेका छन् । आज सबै भन्दा बढी ताप्लीमा संक्रमण देखिएको छ । ताप्लीमा २३ महिला र ३० पुरुष गरी ५३ जनामा एकैपटक संक्रमण पुष्टि भएको छ । ताप्लीमा यो अहिलेसम्मकै उच्च संक्रमण रहेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ ।

त्यस्तै, त्रियुगामा ३ महिला र ३ पुरुष गरी ६ जना, बेलकामा १८ महिला र १८ पुरुष गरी ३६ जना र लिम्चुङबुङमा १ महिला र २ पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज थप एकजना महिलाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका वडा नं. २ का ५१ वर्षीया महिला रहेको छ । योसँगै जिल्लामा मृतकको संख्या ४८ पुगेको हो ।

कोरोना जितेर आज ३६ जना घरफर्किएसँगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेका संख्या ५ सय ७७ महिला र ७ सय १२ पुरुष गरी १ हजार २ सय ८९ पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको  छ । जिल्लाभर संक्रिय संक्रमितको संख्या २ सय ५३ महिला र २ सय ९१ पुरुष गरी ५ सय ४४ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।