Tuesday, June 9News That Matters

११ वर्षीया बालिका पटक–पटक करणी गरेको आरोपमा एक जना पक्राउ

पूर्णपुष्टि, असार १ 

११ वर्षीया बालिका पटक–पटक करणी गरेको आरोपमा कञ्चनपुरबाट एक जना पुरुष पक्राउ परेको छ । कृष्णपुर नगरपालिका–४ गुलरियाका ५३ वर्षीय धनबहादुर गुरुङलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गुरुङले बालिकालाई ललाइफकाइ पटक–पटक जबर्जस्ती करणी गर्ने गरेको पिडित पक्षको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।