Thursday, June 11News That Matters

करेन्ट लागेर मुृखियाको मृत्यु

पूर्णपुष्टि, साउन २२ गते ।
करेन्ट लागेर मोरङको विराटनगर महानगरपालिका–८ बालगोपाल टोल स्थितमा एक जनाको ज्यान गएको छ । शनिवार राती ९ बजे स्थानीय ३० वर्षीय राजु मुखिया करेन्ट लागेर ज्यान गएको हो ।
मुखियाको आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए । करेन्ट लागी गम्भिर घाईते भएका मुखियालाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।