Sunday, May 17News That Matters

करेन्ट लागेर १ जनाको ज्यान गयो

पूर्णपुष्टि, असार ९

मोरङको बिराटनगर–१५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने भारतिय मजदुरको करेन्ट लागेर ज्यान गएको छ । भारत जोगबनी हाजिमहला घर भई हाल बिराटनगर–१७ रानी बस्तीमा डेरा गरी बस्ने २५ वर्षीय तावारुल आलमको करेन्ट लागेर ज्यान गएको हो ।

आज दिउसो १ बजे रड बान्ने तार काट्ने क्रममा तार काटने मेसिनबाट करेन्ट लागी गम्भिर घाईते भएका आलमको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे १ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।