Saturday, June 20News That Matters

चट्याङमा परी १ जनाको मृत्यु, ४ जना घाईते

पूर्णपुष्टि, असार ९

मोरङको रंगेली ननगरपालिका–६ मलङ्गथान स्थितमा रहेको पिठारीको रुख मुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा अचानक चटयाङ्ग पर्दा एकजनाको मृत्यु भएको छ, भने चारजना घाईते भएका छन् । आज दिउसो साढे १ बजे परेको चट्याङबाट गम्भीर घाईते भएका सोही स्थानका २० वर्षीय नितेस रायको रंगेली अस्पतालमा पु¥याउन साथ मृत्यु भएको हो ।

त्यस्तै, सोही स्थानका ४५ वर्षीय अशोक मण्डल, १७ वर्षीय बिजय मण्डल, २२ वर्षीया संगिता राय, र २७ बर्वाीय रबिन मण्डल घाईते भएका हुन् । घाईतेहरुको रङेली अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।