Saturday, June 20News That Matters

कटारी नगरपालिकाका ५ वडाले छुट्टै गाउँपालिकाको माग राख्यो

पूर्णपुष्टि, असार ९

कटारी नगरपालिकाका ५ ओटा वडाले छुट्टै गाउँपालिकाको माग राखेका छन् । जम्मा १४ ओटा वडा रहेको सो नगरमा दुर्घम क्षेत्रमा रहेको ५ ओटा वडाहरुले छुट्टै गाउँपालिकाको माग राखेका हुन् ।

कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले छुट्टै गाउँपालिका गठन गर्न सहज नहुने कुरा व्यक्त गरेका छन् । श्रेष्ठले भौगोलिक हिसाबले पनि यी वडाहरु दुर्गम भएकाले त्यहाँको समस्या र जनप्रतिनिधिहरुले उठाएका मागका सम्बन्धमा आफू गम्भीर भएको बताउँदै छुट्टै गाउँपालिका गठन गर्न भने उत्ति सहज नहुने धारणा व्यक्त गरे ।

वडा नं ९, १०, ११, १२ र १४ वडाका जनप्रतिनिधि तथा स्थानीयवासीले कटारी नगरपालिकाबाट छुटिएर छुट्टै गाउँपालिका बनाउने मागसहित मङ्गलबार नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भीमकुमारी राउतलाई भेटर ज्ञापन पत्र बुझाएका छन् ।