Friday, July 17News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

मोरङ, असार ७ 

मोरङ बुढीगंगा–५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ ।

आज दिउसो साढे १ बजे बिराटनगर–६ स्थितमा रहेको स्टन कोल्ड स्टोरमा ओल्डिङ गर्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागर बेहोस भएका महतो बिराट नर्सिङहोम लगिएकोमा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृतक महतो सोही स्टोरमा ओल्डिङको  काम गर्दै आएको जनाईएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।