
पूर्णपुष्टि, असार ७
भोजपुरको रामप्रसाद राई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईन भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराती बस्नु भएको छ । राजधानी काठमाण्डौँबाट भोजपुर आएका किराती गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्नु भएको हो ।
कोरोना भाइरस (कोभिड १९)को संक्रमणका जोखिमबाट बच्नको लागी अन्य ठाउँबाट पालिका प्रवेश गर्नेहरु अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने प्रावधान अनुसार सांसद किराती शनिवारदेखि क्वारेन्टाईनमा बस्नुभएको हो । क्वारेन्टाईनमा १४ दिन विताउनु पर्ने छ ।
सांसद किराती जनसरोकारको विषयमा जानकारी लिन तथा प्रत्यक्ष अनुगमण गर्न भोजपुर आईपुग्नु भएको हो । अहिले क्वारेन्टाईनमा बसिरहनु भएको गाउँपालिका सांसद किराँतीको आफ्नै जन्मथलो पनि हो ।
सरकारले तय गरेको नीतिको पालना नगर्ने परिपाटी स्थानीय तहमा बढ्दै गएको छ । क्वारेन्टिनको गुणस्तर, उचित व्यवस्थापन र मापदण्ड सहित बसेका छौ सांसद किराँतीले भन्नु भयो ।
क्वारेन्टिनमा निमुखा सर्वसाधारणलाई मात्र अनिवार्य कोच्ने र क्वारेन्टिनमा मानवीय व्यवहारको समेत अभाव भएको व्यापक जनगुनासो आएपछि सांसद किराती गृहजिल्ला आइपुगेको हो । अमानवीय घटना क्वारेन्टिनमा भईरहेको समाचार आइरहेका बेला आफ्नो क्षेत्रमा त्यस्ता घटना हुन नदिन र क्वारेन्टिनको व्यवस्थापनमा ध्यान केन्द्रीत गर्न समेत यो विषम परिस्थितिमा जिल्ला आएको बताउनुभयो ।
काठमाण्डौमा कोरोना परीक्षण गरि संक्रमणमुक्त भएको प्रमाण सहित गृह जिल्ला आएर वर्तमान प्रावधान अनुसार प्रकृया अनिवार्य पुरा गर्ने सांसद किराँतीले बताउनुभयो । क्वारेन्टाईनमा भौतिक दुरी कायम गर्दै व्यवस्थापन गरिएका स्थानहरुमा सांसद किरातीले स्थानीय सरोकारवालाहरु, जनप्रतिनिधि, सर्वसाधारणसँग संवाद समेत गर्ने बताउनुभयो ।
