
पूर्णपुष्टि, असार ७
भारतमा एकै दिन १५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ४ सय १३ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
योसँगै भारतमा संक्रमितको संख्या ४ लाख १० हजार ४ सय ६१ पुगको छ । उक्त संक्रमित मध्ये उपचारपछि निको हुनेको संख्या २ लाख २७ हजार पुगेको छ भने १३ हजार २ सय ५४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
