
पूणर्पुष्टि, असार, ७
नागरिकहरुको सेवा सहयोग र नागरिकहरुकै पक्षमा बोल्ने पुस्तकालयहरुमा लगानी गर्न सामुदायीक पुस्तकालयहरुले स्थानीय सरकारलाई अनुरोध गरेका छन् । आगामि आर्थिक बर्षका लागि संघ र प्रदेशले बजेट ल्याइसेकोको भएपनि पुस्तकालयहरु सम्बन्धि कुनै शिर्षकमा बजेट नुछुट्याइएको संगम सामुदायी पुस्तकालयका संयोजक भरत खड्काले बताउनुभयो ।
पुस्तकालय आम नागरिकहरुको सचेतनाको संगम स्थल रहेको भएपनि यसलाई सरकारले कुनै चासो नदिएको भन्दै स्थानीय सरकारलाई पुस्तकालयहरुमा लगानी गर्नु पर्ने कुरा सुझाएको छ । संयोजक खड्काले पुस्तकालय खुल्ला शिक्षा दिने ठाउँ र सबै प्रकारका नागरिकहरुलाई सचेत गराउने एक महत्वपूणर् स्थल रहेको बताउनुभयो । उहाँले पुस्तकालयले जेष्ठ नागरिक, बालबालिका, महिला, धनि, गरिब, असाहय एवम प्रकारका समाजमा रहेका नागरिकहरुलाई सचेत गराउने काम गर्ने बताउनुभयो ।
खड्काले नेपाल सरकारले तयार गरेको शुखि नेपाली समृद्ध नेपालको नारालाई सफल बनाउने हो भने मुलुकको बिभिन्न सामुदायीक क्षेत्रहरुमा सचेत नागरिकहरु उत्पादन गर्नु पर्नेमा जोड दिनुभयो । यसका लागि पहिले पुस्तकालयको व्यवस्थापनमा स्थानीय सरकारले चासो दिनु पर्ने र लगानीको बाटोबारे सोच्नु पर्ने बताउनुभयो ।
सचेत नागरिकहरु उत्पादन गर्न सामुदायीक पुस्तकालय एक महत्व र बिषेश क्षेत्र रहेको उहाँले बताउनुभयो । शिक्षा बाटै जो कोही सचेत हुन सक्ने र सबै प्रकारका नागरिकहरुलाई शिक्षा प्रदान गर्न सक्ने एक विश्वविद्यालय सामुदायी पुस्तकालय रहेको खड्काले बताउनुभयो ।
शिक्षा एक पटक लिएर मात्र नहुने सँधैका लागि लिनु पर्ने र सदाबाहर शिक्षाका लागि सामुदायीक पुस्तकालयहरु विश्वविद्यालयको रुपमा संञ्चालन भएको हँदा यसलाई दिगो बनाउन सरकारले चासो दिनु पर्ने बताउनुभयो । उहाँले पुस्तकालय शिक्षाका लागि सानो ठुलो सबैको पहँच भएको संस्था भएको हुँदा स्थानीय सरकारले बनाएको निति तथा कार्ययोजनाहरुमा सामुदायीक पुस्तकालयहरुलाई पनि समेटी यसमा पनि बजेट बारे सोेच्न स्थानीय सरकारलाई अनुरोध गर्नुभयो ।
संयोजक खड्काले अहिले हाम्रो समाजमा दिन प्रतिदिन बढ्दो अपराधिक घटनाहरुलाई पनि पुस्तकालयले नियन्त्रण गर्ने बताउनुभयो । समाजमा हुने गरेका हत्या, हिंसा, बलत्कार, चोरी, लागुऔषध जस्ता अपराधिक गतिविधिलाई पनि ५० प्रतिशत भन्दा बढी न्युनिकरण गर्न सकिने संयोजक खड्काले जानकारी दिनुभयो ।
उहाँले उदयपुरमा रहेका ८ ओटै स्थानीय तहहरुमा एक स्थानीय तह एक सामुदायीक पुस्तकालय निर्माण गर्न अनुरोध समेत गर्नुभएको छ । हरेक स्थानमा सचेत नागरिकहरुको आवश्यकता रहेको हुँदा सचेत नागरिकका लागि पुस्तकालय निर्माण गर्नु पर्ने उहाँले बताउनुभयो ।
पुस्तकालय नागरिकहरुको एक नजिको क्षेत्र पनि हो । पुस्तकालयले नागरिकहरुलाई शिक्षा मात्र नभइ प्रत्यक्ष सेवा, सुविधा र सहयोग पनि गर्दे आइहेका छन् । कोरोना भाईरसको माहामारीमा संगम सामुदायी पुस्तकालयले आपतमा परेका नागरिहरुलाई राहत सहयोग समेत गरेका छन् ।
भुल्केमा रहेका करिब ३ सय १५ घर परिवारलाई राहत वितरण गर्नुका साथै सुरक्षाकर्मीहरुलाई पटपटक स्वास्थ्य सामाग्रीहरु समेत प्रदान गरेका छन् । शिक्षा मात्रै नभइ नागरिकहरुको प्रत्यक्ष सेवा, सुविधा सहयोग जस्तो महत्वपूणर् क्षेत्रमा रहेर काम गर्ने सामुदायिक पुस्तकालयहरुलाई स्थानीय सरकारले लगानी गरी नागरिकहरुमा चेतनाको मुल फुटाउन थप सहज पार्न सरकारलाई संगम सामुदायी पुस्तकालयले अनुरोध समेत गरेका छन् ।
जय युवा
