
पाँचथर, भाद्र ११
पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । याङवरक गाउँपालिका–४ निबासी ४५ वर्षीय प्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो ।
हिजो दिउँसो साँढे ४ बजे आफ्नै घरमा बिद्युतको तार सर्ट भई बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका काम्बाङलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
