Wednesday, June 17News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरी, फागुन–१६

सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका–१ का ३० बर्षीय हिरण चौधरीको शुक्रबार दिउँसो करिब १२ बजे करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरको अगाडी रहेको पानीको मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएका चौधरीको  नोवेल अस्पताल विराटनरमा उपचारको क्रममा राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।