
झापा, फागुन–१६
झापा मेचीनगर नगरपालिका –८ का ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेकोे छ ।
शुक्रबार दिउसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचिनगर नगरपालि–८ स्थितबाट डब्ल्यू वी ७४ आर १२१५ नम्बरको मोटरसाईकलमा सवार लिप्सु राजबंशीलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर १५ ग्राम, तौल गर्ने डिजिटल तराजु थान –१ र मोटरसाईकल सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
त्यस्तै प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका–११ हडिया खोलाबाट शुक्रबार साझ ६ बजे चेकजाँचको क्रममा सोही स्थान बस्ने ३४ बर्षीय सन्जुकुमार कामीलाई लागुऔषध ब्राउनसुगर ३ सय ५० मिलिग्राम सहित फेला पारी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ ।
