
सुनसरी, फागुन–१६
सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका–१ का ३० बर्षीय हिरण चौधरीको शुक्रबार दिउँसो करिब १२ बजे करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरको अगाडी रहेको पानीको मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएका चौधरीको नोवेल अस्पताल विराटनरमा उपचारको क्रममा राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
