
सुनसरी, श्रावण ०३ गते
सुनसरीको इटहरी उप(महानगरपालिका(१२ स्थित बि।एस।मेटल फ्याक्ट्रीका कामदार ३० बर्षीय यादव श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ ।
बिहिवार दिउँसो साँढे ३ बजेको समयमा फ्याक्ट्रीको लाईनको मेन स्विच चलाउने क्रममा करेन्ट लागी बेहोस भएका थिए । श्रेष्ठको बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान स्थित उपचारको क्रममा दिउँसो ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।