Friday, June 26News That Matters

कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु भए १ लाख राहत

पूर्णपुष्टि, असार १ गते । 

कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु भएमा एक लाख रुपैयाँ राहत दिने प्रदेश सरकारले व्यावस्था गरेको छ ।

कणाीले प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट पेस गर्नुभएको बजेटमा यस्तो व्यावस्था मिलाईएको हो ।

कोरोना विरुद्धको लडाइँमा जनचेतना जगाउन स्वास्थ्य स्वयंसेविकालाई खटाइने भएको छ । स्वयंसेविकालाई प्रदेश सरकारले दिइरहेको प्रोत्साहन भत्ता नियमित गरेको मन्त्री ज्वालाले बताउनुभयो । प्रोत्साहन भत्ताको लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कोभिडलाई परास्त गर्न खटेका सबैलाई उचित प्रोत्साहन दिइने, स्वास्थ्यकर्मीलाई सुरुको तलबको एक सय प्रतिशत तथा सरसफाइकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई पचास प्रतिशत भत्ता दिन गरी बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताउनुभयो ।

एक अर्ब पचास करोड ५८ लाखको कोभिड–१९ कोष परिचालन गरिने जनाईएको छ ।