
पूर्णपुष्टि, असार १ गते ।
कर्णाली प्रदेश सरकारले आगामी चालु आर्थीक वर्षको लागी ३३ अर्व ७४ करोड बजेट ल्याएको छ ।
प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आव २०७७÷०७८ को लागि ३३ अर्ब ७४ करोड रुपैयाँको वजेट प्रस्तुत गर्नुभएको हो ।
गत आर्थिक वर्षको तुलनामा झण्डै ५० करोड कम रहेको यो बजेट कोरोना महामारी नियन्त्रण, भोकमरी न्यूनीकरण र रोजगारी सिर्जनामा केन्द्रित रहेको मन्त्री ज्वालाले बताउनुभयो ।
कुल बजेटमध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विनियोजन गरिएको छ ।
देशको झण्डै २१ प्रतिशत भूगोल, ६ प्रतिशत जनसंख्या र चालु आर्थिक वर्षमा देशको कुल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको योगदान ४ दशमलव ३ प्रतिशत योगदान रहेको छ ।
प्रदेशको चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३ दशमलव ८ प्रतिशतले हुने अनुमानसहित आगामी आर्थिक वर्षमा झण्डै ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको छ ।
