कर्तब्य गरी ज्यान मारेको आरोपमा लिम्वु पक्राउ

पूर्णपुष्टि, पुष ३

धारिलो हरियार प्रयोग गरी कर्तव्य गरी ज्यान मार्ने १ जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका(१ का २० बर्षिय अर्जुन लिम्बु रहेका छन ।

लिम्वुले मंसिर २९ गते दमक नगरपालिका(६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक(२ का २५ बर्षिय तेज प्रकाश पराजुलीलाई धराबाट पानी लिएर पसलतर्फ फर्कने क्रममा धारिलो हतियारले काटेको आरोप छ । रक्ताम्मे अवस्थामा पसल धनी सन्तोष पौडेलले फेला पारी उपचारको लागी बि।एण्ड।सि। अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

दमक(१ का २० बर्षिय अर्जुन लिम्बुलाई पौष १ गते प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानको क्रममा पुर्व रिसईविको कारण घट्ना घटाएको, घटनामा प्रयोग भएका दशीका सामानहरु निजले आफ्नो भनि साबिति दिएको हो । प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार दाउ १ थान, झोला, कालो रंगको जुत्ता र अन्य कपडाहरु बरामद गरेको छ । पक्राउ परेका लिम्वुलाई सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: