Sunday, June 28News That Matters

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १३ बर्ष पछी पक्राउ

पूर्णपुष्टि,मंसिर १४

जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीहरुलाई १३ बर्ष पछी पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीको २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय तोकिएका सोही स्थानका ३२ बर्षीय कृष्ण कुमार धामीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यी प्रतिवादी लगाएत अन्य साथीहरु समेतले २०६४ साल बैशाख २८ गते साथीको बिबाहमा जन्ती गएको समयमा एकम्बा गाउँ बिकास समिती–४ का सुनेर कुमार ठाकुरलाई सामान्य बादबिबादको बिषयलाई लिएर छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते भएका ठाकुरको उपचारको क्रममा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मृत्यु भएको थियो ।

घटना घटाई फरार रहेका धामीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले यही मंसिर १२ गते उर्लावारीबाट पक्राउ गरेको हो । पक्राउ परेका धामीलाई सम्मानीत जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी झुम्का कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सोही घटनामा संग्लग्न रहेका स्थानीय ३२ बर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पा र बक्लौरी–६ का ३२ बर्षीय तुलसी चौधरीलाई श्रावण २८ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।