Tuesday, June 9News That Matters

कर्मचारीमा कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द

वैशाख ७

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का ६ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा कार्यालयको ८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर गर्दै वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।

दुई जना कर्मचारीको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ । अत्यावश्यक सेवा प्रदान गर्नुपर्ने नै अवस्था आएमा त्यसको वैकल्पिक बाटो खोजिने जनाएको छ ।

दुई जना कर्मचारीको रिपोर्ट शनिबार र चार जनाको रिपोर्ट सोमबार राति आएको जनाएको छ । संक्रमण पुष्टि भएका सबै जना कर्मचारी होमआइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।