कर्मचारीहरुबीचको ब्याड्मिन्टनमा घरेलु हाकिमको जोडी प्रथम, सहायक सिडियोको जोडी दोस्रो

पूर्णपुष्टि, असोज २२ ।
कर्मचारी मिलन केन्द्र, उदयपुर ब्याड्मिन्टन क्लव २०७८ को आयोजनामा विहिबार भएको ब्याड्मिन्टन प्रतियोगितामा घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख पाक्रम खाँ र भेटेनरी कार्यालय प्रमुख अजय साहको जोडी प्रथम भए ।
महान चाँड दशै, तिहार र छठ पर्वको अवसरमा आयोजित प्रतियोगितामा १४ टिमलाई पछि पार्दै खाँ र साहको जोडी प्रथम भएको हो । प्रतियोगितामा सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल र गाईघाट दिक्तेल सडक कार्यालयका चालक प्रमोद श्रेष्ठको जोडी दोस्रो भयो भने डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्बिका प्रसाद पौडेल र कर कार्यालय गाईघाटका कर्मचारी मदन दाहालको जोडी तेस्रो भए ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः दुइहजार, एक हजार र पाँच सय नगद पुरस्कारसहित मेडेल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रथम पुरस्कार मिलन केन्द्रको अध्यक्षसमेत रहेका वन अधिकृत पौडेलले वितरण गरे भने दोस्रो पुरस्कार प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत भक्त राईले वितरण गरे । तेस्रो पुरस्कार इलाका प्रशासन कार्यालय कटारीका प्रमुख तुलाधर सुनुवारले वितरण गरेका थिए । प्रतियोगितामा एम्पायरको भूमिका चित्र थापाले गरेका थिए ।
ब्याड्मिन्टनको बढ्दो क्रेजमा सिकारु कर्मचारी सर्कलबीच प्रतियोगिता गरिएको हो । स्वास्थ्य, सम्बन्ध र मनोरञ्जनको हिसावले ब्याड्मिन्टन खेललाई उत्कृष्ट मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: