Wednesday, June 10News That Matters

कलम चिन्ह लिएर चुनाव उठेका माओवादीका प्रवेश खड्का खुल्ला वडा सदस्यमा बिजयी

पूर्णपुष्टि, जेष्ठ १५
त्रियुगा नगरपालिका ६ मा प्रवेश खड्का एमाले बिच खुल्ला वडा सदस्यमा बिजयी बनेका छन् । वडाअध्यक्ष देखी खुल्ला वडा सदस्य, महिला वडा सदस्य र दलित महिला सदस्यहरु सबै पदमा एमाललेले बाजी मार्दा एउटा खुल्ला वडा सदस्यमा भने गठबन्धनका उम्मेदवार खड्का बिजयी बनेका छन् । उनि माओवादीका ६ नं वडा कमिटि अध्यक्ष समेत हुन् । तर उनले कलम चिन्ह बाट उम्मेदवारी दिएका थिए ।

खड्काले ९८८ मत ल्याएर खुल्ला वडा सदस्यमा बिजयी बनेको हो । बाँकी पद सबैमा एमाले बिजयी बनेको छ । दुई खुल्ला वडा सदस्यहरु मध्ये एक खुल्ला वडा सदस्यमा भने एमालेकै सुर्य बहादुर राईले भारी मतका साथ बिजयी भएका छन् । राईले ११४९ मत ल्याएको छ । यस्तै वडाअध्यक्षमा एमालेकै योगेन्द्र वहादुर दाहाल बिजयी बने । उनी १२९७ मत ल्याएर बिजयी बने । यस वडामा कलम दोस्रो र कांग्रेस तेस्रो बने ।