
पूर्णपुष्टि, माघ २० गते । लैनचौरस्थित अमृत साइन्स कलेज (अस्कल) का क्याम्पस प्रमुख लोकबहादुर बराललाई अपहरण गर्न खोजेको आरोपमा एक विद्यार्थी नेता पक्राउ परेको छ । पक्राउ पर्नेमा नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य कमल जोशी रहेका छन् ।
क्याम्पस प्रमुख बरालको राजीनामाको पत्र बनाई जबरर्जस्ती हस्ताक्षर गर्न लगाई ट्याक्सीमा हाली कीर्तिपुरतर्फ लैजाँदै गर्दा जोशी पक्राउ परेका हुन् । उनलाई कालीमाटी प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका जोशीको थप अनुसन्धानको लागी सोह्रखुट्टै वृत्तलाई बुझाएको छ ।
राजिनामा दिनको लागी धम्क्याएर बन्दक बनाउन कोसिस गरेको भन्ने क्याम्पस प्रमुखको उजुरी पछि अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए । उहाँका अनुसार राजीनमा दिन धम्क्याएको र बन्दक बनाउन खाजेको भनेर उहाँले मौखिक जानकारी गराउनु भएको थियो । त्यसलाई बुझ्ने काम भईरहेको उहाँको भनाई छ ।
यसअघि पनि अदालतले जोशीले क्याम्पसका विद्यार्थी र प्राध्यापकहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ गर्न आदेश दिएको थियो । तर उनि त्यसबाट जोगिदै आएका थिए । उक्त क्याम्पसका विद्यार्थी र प्राध्यापकहरुलाई कुटपिट गरेपछि उनलाई जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएको थियो । तर, उनी त्यसबाट जोगिदै आएका थिए ।
