
पूर्णपुष्टि, चैत्र २२
कविता सुनुवारको हत्या आसंकामा सोधपुछका लागि पक्राउ गरिएको दुई व्यक्तिको नाम प्रहरीले सार्वजानिक गरेको छ । बेलका नगरपालिका ३ किराँत चोककी कृष्ण सुनुवारका १५ बर्षिय छोरी कविता सुनुवारको मंगलबार बिहान ट्युसन पढ्न हिँडेकी बेला संकास्पद शव फेला परेपछि प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा सोधपुछका लागि पक्राउ परेका एक महिला र एक पुरुषको नाम जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजानिक गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत ईन्डिया० सिक्किम राज्य बियुङ घरभई जिल्ला बेलका न.पा ३ स्थित जित बहादुर ढकाल (खत्री) को घरमा बस्दै आएको १९ बर्षिय बिनोद ढकाल र बेलका न.पा. ३ बस्ने जित बहादुर ढकाल (खत्री) को छोरी १७ बर्षिया सरिता ढकाल (खत्री) रहेकी छिन् । उनिहरुलाई रामपुर बाट गाईघाट ल्याएर नाम सार्वजानिक गरिएको हो ।
