Tuesday, April 21News That Matters

कांग्रेसले प्रधानमन्त्रीको राजीनामा मागेसँगै प्रचण्डले गरे छिट्टै नयाँ सरकार बन्ने खुलासा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छिट्टै नयाँ सरकार बन्ने खुलासा गरेका छन् । दाहालले सम्भवत छिट्टै नयाँ सरकार बन्ने बताए ।

नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको दाहालले बताए। दाहालले नयाँ सरकार गठनका लागि आजैबाट दलहरुसँग छलफल गर्ने दावी गरे ।