Tuesday, June 2News That Matters

कांग्रेस एमालेले १२ नं वडाका जनताहरुको मतदान गर्ने अधिकारको हत्या गर्यो, त्रियुगा गठबन्धन

पूर्णपुष्टि, जेष्ठ १
त्रियुगा नगरपालिकामा संयुक्त गठबन्धन रहेको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले कुनै हालतमा पनि फेरी चुनाव गराउनु पर्ने माग राखेका छन् । एमाले र कांग्रेसका कर्मचारीहरुलाई खटाएर आफ्नो स्वतन्त्र जिम्मेदवारी विसर्न बाध्य बनाउँदै सरकारी कर्मचारीहरु बाटै जनताको मतदान गर्ने हक अधिकारलाई बन्चित गर्न खोजेको भन्दै यो कुनै पनि हालतमा स्वीकार्य नहुने जनाए ।

बरु आफुहरु गोली खान तयार रहने तर जनताको अधिकारको चिरहरण हुन नदिनेमा आफुहरु अडिक रहेको भन्दै तत्काल चुनाव गाराउनु पर्ने माग राखेका छन् । १२ नं वडाका जनताहरुलाई कांग्रेस एमालेका साथीहरुले आफ्नो स्वतन्त्र मतदानको अधिकार लाई हत्या गर्दै गठबन्धन र १२ नं वडालाई निशाना बनाएको जनाए ।
गठबन्धन निर्वाचन समितिका संयोजक किरण राईले कयौँ जनताहरुले ५ घण्टा भन्दा बढी लाईनमा बसेर गरेको मतदान खत्तम पार्नुका साथै कयौँ जनताहरुलाई मतदान गर्न बाट बन्चित गरेको जनाए । एमाले कांग्रेसको यस्तो राजनितिकले जनता र समाजले सुख नपाउने बताए । एमाले कांग्रेसका कर्मचारीहरुलाईनै त्यस ठाउँमा पठाई कर्मचारी आफैले मतदान गर्ने र मतदानमा ढिलासुस्ती गराउने रणनितिको षड्यन्त्र प्रति गठबन्धन गम्भीर भएर लाग्ने जनाए । राईले गठबन्धनको लालकिल्ला जस्तै मान्न सकिने सो वडामा हजार षड्यन्त्रकारीहरुले पनि बिगार्न नसक्ने भन्दै फेरी मतदान गर्न पाउनु पर्ने माग गरेका छन् ।

राईले कर्मचारी र त्यस्ता दलहरुले षड्यन्त्र पूर्वक फर्जि हालेको मतको बाकस र फर्जि मतहरु कुनै हालतमा नगनिने समेत जनाएको छ । उनले कानुनी व्यवस्थालाई मानेर बोल्दै भने,” प्रकृति विपत र निर्वाचन असहजता भएको अवस्थामा बाहेक अन्य हिसावले ढिला सुस्ती र मतदाताहरुलाई झन्झट दिन पाईन्न । यदि त्यस्तो अवस्था आएमा निर्वाचन अधिकृतले सूचना जारी गरी हिडेको अवस्थामा त्यो मत नगनिने र पून : निर्वाचन हुने कानुनी मान्यता रहेको हुँदा यो कुनै पनि हालतमा चाहेर या नचाहेर मतगणना हुन नसक्ने राईले जनाए । निर्वाचन अधिकृतले पनि यस्तो गतिविधिलाई वास्त नगरेको गठबन्धनको आरोप छ । मौन अबधिको बेला यस्को पालन आफुहरुले किन नगर्ने भन्दै आफुहरु निर्वाचनको क्रियाकलाप प्रति ढुक्क हुँदै गर्दा यस्लाई ख्याल नगरिएको जनाए ।

निर्वाचन आयोगले १२ नं वडालाई के बनाउन खोजेको प्रश्न समेत गरे ? संयोजक राईले कुनै पनि षड्यन्त्रकारी दलहरुको पछि लागेर यहाँको स्थानीय प्रशासन तथा निर्वाचन कार्यालयले धाँदली भएको बाकस गन्ने काम गरेमा लाम लागेर गोली खान तयार हुने तर त्यस्तो कार्य गर्न नदिने समेत चेतावनी दिएको छ । राईले यस बिचमा कांग्रेस एमालेले घरघरमा गएर पैसा बाँड्ने क्रियाकलापहरु समेत गरेको आरोप लगाए ।

यस्तो बेला कुनै पनि जनता तथा कार्यकर्ताहरु सचेत रहनु पर्ने भन्दै कुनै पनि त्यस्तो लोप लालचमा किन्न खोज्दै छ भने १२ नं वडाका जनताहरुले प्रतिकार गर्दै यसको विरुद्धमा लाग्नु पर्ने समेत जनाए । कांग्रेस एमालेले बाँडीरहेको पैसाहरुको गतिविधि प्रशासन र निर्वाचन अधिकृतहरुले तत्काल रोक्नु पर्ने र त्यसरी नरोके त्यसको प्रतिकार प्रत्यक घरघरबाट हुने चेतावनी समेत दिए । यदि पून ः निर्वाचन नभएमा आफुहरु सडकमा उत्रिँदा त्यस्को क्षती र कसलाई हानी हुने हो त्यस्को जिम्मेवार कांग्रेस र एमालेले लिनु पर्ने पनि चेतावनी दिए । त्रियुगाको १२ नं वडामा मतदाताहरुलाई ढिलासुस्ती र अनेकौँ झन्झट दिई मत लगाउन बन्चित गरिएको र मसि मात्रै हालेर मतपत्र नदिई आपुखुसी कर्मचारीले नै भोट गर्ने रणनिति बनाएको भन्दै मतादाताहरुले बिरोध गरेका थिए । मतदानको क्रममा प्रदेश सांसद सुनिता चौधरीलाई समेत झुक्याईएको जनाईएको छ ।