Sunday, February 16News That Matters

खोटाङका कांग्रेस महासमिति सदस्य विमला राईसहित दर्जनौं नेता एमालेमा प्रवेश

काठमाडौं – नेपाली कांग्रेस खोटाङका महासमिति सदस्य विमला राई एमालेमा प्रवेश गरेका छन् । राईसहित अन्य थुप्रै नेता,कार्यकर्तालाई एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन ।खोटाङ दिक्तेल निवासी राई विगत लामो समय देखि नेपाली कांग्रेसको गाँउ स्तर देखि केन्द्र स्तर सम्म कार्य गर्दै आईरहेकी थिाई । राईको सबै परिवार पहिलेदेखिनै कांग्रेसमै आवद्ध हुँदै आएका थिए ।

त्यस्तै अखिल नेपाल ट्रेड युनियनका केन्द्रिय सदस्य निमा लामा पनि नेकपा एमाले प्रवेश गरेका छन्। दोलखा एमाले जिल्ला कमिटीका डिसिएम दिपक राउत र युवा संघका उपाध्यक्ष रमेश पौडेलको विशेष पहलमा ठुलोको संख्यामा अन्य दल परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेको खुशियालीमा युवा संघका केन्द्रिय विभागिय सदस्य प्रकाश कार्की र राम कुमार राउतको संयोजनमा तीनकुने देखि पार्टी कार्यालय सम्म हजारौंको संख्यामा मोटर राइकल र्याली निकालेर भव्य रुपले स्वाग कार्यक्रम गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि बहानामा निर्वाचन्रसार्ने वा प्रभावित पार्ने काम कसैबाट गर्नुनहुने बताए ।

आगामी मंसिर १० र २१ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकिइसकेको सन्दर्भमा निर्वाचनलाई सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउनु राज्यका सबै अंगहरुको दायित्व रहेको कार्यक्रममा अध्यक्ष ओलीले बताए ।