Saturday, July 11News That Matters

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचीत

पूर्णपुष्टि, पुष ६
नेपाली कांग्रेस संसदीय दलको नेतामा पूनः शेरवहादुर देउवा निर्वाचित बनेका छन् । उनले माहामन्त्री गगन थापालाई पराजित गरेको छ । सहमतीमा दलको नेता छान्न नसक्दा शेखर र गगन एक साथ भएर चुनावमा होमीएका थिए । देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गरे । देउवाले ६४ मत पाउँदा गगनले २५ मत मात्र पाएका थिए ।
निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए । गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।