काग तिहार र कुकुर तिहार आज एकै दिन मनाईदै

पूर्णपुष्टि, कार्तिक १७
नेपालीहरुकै माहान चाँडको रुपमा पर्ने तिहार घरघरमै सुरु भईसकेको छ । तिहारमा काग पुजा, कुकुर पुजा, गाई पुजा, गोरु पुजा सँगै लक्ष्मी पुजा पछि भाईटिका लगाईन्छ । आज कार्तिक १७ गते त्रयोदशी÷चतुर्दशीको दिन काग तिहार र कुकुर तिहारको पुजा गर्ने एकै दिन परेको छ । आज कुकुरलाई पुजा गरी मिठो मिठो खाने कुरा दिईन्छ । आजको दिन कुकुरलाई निकै महत्व दिएर पुुजा गरिनुका साथै खानेकुराहरु खुवाउने चलन छ । त्यस्तै कागलाई पनि पुजा गरी खानेकुरा तयार पारी कागलाई भाग सारिदिने चलन छ ।

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन कुकुर पर्ने गर्छ । आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गर्दा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरुले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
कुकुर लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्राध्यापाक श्रीकृष्ण अधिकारीले जानकारी दिए । सूर्योदय कालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ । बुधबार बिहान अरुणोदयकालभन्दा अघि चतुर्दशी तिथि नपरेकाले बिहीबार मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
यो वर्ष त्रयोदशी र चतुर्दशी एकै दिन आज परेको छ । त्रयोदशी भएकोले बिहान काग तिहार मनाएर सवा ७ बजेपछि कुकुर पूजा गरिँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: