Sunday, May 3News That Matters

काठमाडौंको गेस्ट हाउसमा दुई जना मृत फेला

पूर्णपुष्टि, साउन १८ । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक गेस्ट हाउसमा बाजुराका एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार मृतकहरू बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्मा सार्की रहेका छन्।

शान्ता कार्कीद्वारा सञ्चालित उक्त गेस्ट हाउसमा मृतकहरू साउन १५ गतेदेखि बस्दै आएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो १२ बजेसम्म पनि खाना खान नआएपछि गेस्ट हाउस कर्मचारीले बोलाउन गएको तर कुनै प्रतिक्रिया नपाएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले घटनास्थलमा पुगेर ढोका खोली हेर्दा दुवै जना मृत अवस्थामा फेला परेका हुन्। घटनाको प्रकृति र कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको जनाएको छ। एसपी अधिकारीले भने, ‘हामीले घटनास्थलको निरीक्षण गरेका छौं र शव परीक्षणका लागि पठाएका छौं। थप अनुसन्धान जारी छ र घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास गरिरहेका छौं।