Saturday, June 6News That Matters

काठमाडौंको बल्खु खोलामा एक जनाको शव फेला

पूर्णपुष्टि, साउन १६ । काठमाडौंको बल्खु खोलामा एक जनाको शव फेला परेको छ। प्रहरीका अनुसार बुधबार बिहान बल्खु पुल मुनि अड्किएको अवस्थामा शव भेटिएको हो।

मृतक बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतो रहेको पुष्टि भएको छ। प्रहरीले खोलामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ। काठमाडौं प्रहरीले शवको पहिचान गरे पनि घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।