Monday, July 27News That Matters

काठमाडौंमा बैकिङ कसूर मुद्दामा दोषी ठहर भएका दुईजना पक्राउ

पूर्णपुष्टि,वैशाख १४

बैकिङ कसूर मुद्दामा दोषी ठहर भइ फरार रहेका दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौँ–१० बानेश्वरका ५० वर्षीय कैलाश प्रसाद श्रेष्ठ र काठमाडौँ चन्द्रागिरी–१० का ३३ वर्षीय नारायण अचार्यलाई पक्राउ गरेको हो ।

दुवैजना बैकिङ कसूर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनबाट कसूरदार ठहर भइ फरार रहेकाले श्रेष्ठलाई सिनामंगलबाट र अचार्यलाई गुर्जुधाराबाट सिआईबीले पक्राउ गरेको छ ।