Saturday, May 16News That Matters

काठमाण्डौँ माहानगरपालिकाले दिने एम्वुलेन्स बितरणमा लिम्चुङबुङ गाउँपालिका पनि छनोट

पूर्णपुष्टि, ५ पुष ।
उदयपुरको पहाडी गाउँपालिका लिम्चुङबुङ गाउँपालिकाले काठमाण्डौँ माहानगरपालिका बाट एम्वुलेन्स पाउने भएको छ । गाउँपालिकाहरुमा माहानगरले वितरण गर्ने भनिएको एम्वुलेन्समा लिम्चुङबुङ गाउँपालिका पनि छनोटमा परेको हो । माहानगरपालिकाको सूचनामा लिम्चुङबुङ गाउँपालिका पनि एम्वुलेन्स वितरणमा छनोट परेको उल्लेख गरिएको छ । एम्वुलेन्स वितरण मापदण्ड अनूरुप लिम्चुङबुङ गाउँपालिकाले मापदण्ड पुरा गरेको भन्दै एम्वुलेन्स उपलब्ध गराउने माहानागरले जनाएको छ ।