
पूर्णपुष्टि, असोज २
चितवनमा भएको एक पुरुषको हत्या आरोपमा प्रहरीले एक छिमेकीलाई पक्राउ गरेको छ । पूर्वी चितवनको राप्तीमा एक पुरुषको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो ।
शुक्रबार बेलुका उनीहरूले सँगसँगै खानपिन गरेको र सोही क्रममा विवाद हुँदा दशरथले आक्रमण गरेको प्रहरीको भनाइ छ । दशरथले कान्छाको टाउकोमा फलामको गलले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ठकुरीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई भरतपुर अस्पताल राखिएको छ ।
