
पूर्णपुष्टि, जेठ ९ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक विरोध जनाएका छन् । अध्यक्ष सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका हुन्।
सिरोहिया पक्राउ पछि मिडिया सञ्चालकहरुको संस्था नेपाल मिडिया सोसाइटी र मिडिया अलाइन्सले गरेको सामूहिक बिरोध जनाउने निर्णय अनुसार आजका मुख्य दैनिक पत्रिकाहरुले कालो पोतेर विरोध जनाएका हुन् । स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध जनाउने विश्वव्यापी प्रचलन हो । नयाँ पत्रिका, नागरिक र कारोबार दैनिक भने यो सामूहिक विरोधमा सामेल छैनन् ।
सिरोहिलाइ मंगलबार दोहोरो नागरिकता प्रयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा कान्तिपुरले निरन्तर समाचार प्रकाशन गर्दै आएको छ । त्यसकै प्रतिशोधमा सरकारले कान्तिपुरमाथि आक्रमण गरेको मिडिया सञ्चालकहरुको भनाइ छ ।