
फागुन २ गते ।
चिनीया कामदार नफर्केपछि दुई वटा जलविद्युत आयोजनाको काम ठप्प भएको छ । दोलखा र रामेछापको सीमानामा निर्माणाधिन ४८.२ मेगावाटको खिम्ती–२ र रसुवाको लाङटाङमा निर्माण भईरहेको २० मेगावाट क्षमताको लाङटाङखोला हाइड्रोपावरको काम ठप्प भएको हो ।
केरोना भाईरसका कारण कामदार नेपाल नफर्केको हो । गत जनावरी २३ मा नयाँ वर्ष मनाउन चीन गएका कामदार भाईरस फैलिएपछि नेपाल फर्किन नसकेको आयोजना कम्पनीले जनाएको छ ।
आयोजनाको काम पिपुल्स इजर्नी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको छ । दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना वाटर टर्वाइनवक्र्स (सिडब्लू टिडब्लू) ले लिएको थियो ।
