
पूर्णपुष्टि/ बैशाख, २३
विश्वभर फैलिएको माहामारी कोरोनाले विश्वमा मर्नेको संख्या २ लाख ५१ हजार ५ सय १० पुगेको छ । हाल सम्म पनि विश्व यसको रोकथाम र नियन्त्रणमा सफल हुन नसक्दा मृत्यु क्रम निरन्तर रहेको छ ।
३५ लाख ८२ हजार ४ सय ६९ संक्रमित रहेको छ भने ११ लाख ६२ हजार ५ सय ३८ भने उपचार पछि निको भएको अवस्था छ ।
विश्वको धेरै जसो देशहरुमा माहामारी फैलिएको अवस्था छ । विषेश गरी अहिले विश्वमा कोरोनाको केन्द्रविन्दु अमेरीका बनेको छ । अमेरिकामा मात्रै ६८ हजार ९ सय २२ जनाको मृत्यु भएको छ । यता अमेरिकामा संक्रमितको संख्या ११ लाख ८० हजार ३ सय ७५ रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङकले देखाएको छ ।
