
पूर्णपुष्टि÷गाईघाट, असोज १४ । नेपालीहरुको माहान चाड वडा दशैंको रौनक यतिबेला घर दलौमा छाएको छ । नयाँ लुगा किन्ने, घरमा सर समान जोड्ने, दशैंकै लागि भनेर खसि बोका किनेर ल्याउने एक किसिमको होड बाजीनै चलेको छ भन्दा फरक नपर्ला तर घरको आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारलाई यो चाडबाड नआइदिए नि हुने भन्ने लाग्छ ।
ऋणको जोहो गरेर चाडपर्व मनाउने बाध्यता छ । बिहान बेलुकाको एक छाक जोहो गर्न नै गाह्रो छ । यस्तै बेला यस्तो एउटा परिवार छ जसले आफनो वडा भरिका अति विपन्न, अशक्त र आर्थिक अवस्था कमजोर भएका ५२ जना घर परिवारलाई नेपालीहरुको महान चाड बडा दशैको अवसरमा दशैं मनाउन केहि सहयोग पुगोस भन्ने उद्धेश्यले केहि रकम सहित खाधान्न सहयोग गरेका छन् ।
त्रियुगा नगरपालिका वडा नम्वर ८ साहिखोला निवासी रत्न बहादुर कार्कीको परिवारले सोमवार साहिखोला आधारभुत बिधालयमा एक कार्यक्रमको आयोजना गरि वडा भरिका ५२ जना घर परिवारलाई दशैंको लागि खाधान्न र केहि रकम सहयोग गरेको हो । खाधान्नमा एक बोरा चामल, नुन, तेल, मरमसला र प्रति घर एक हजारका दरले बितरण गरेको हो ।
कार्की परिवारका श्रिमती कृष्ण माया कार्की, छोरा लिल बहादुर (नवराज कार्की) बुहारी रिता कार्की, नातिनीहरु, सुजा कार्की र पुजा कार्कीले सामुहिक रुपमा सहयोग वितरण गरेको हो । कार्की परिवारले साहिखोला आधारभुत विधालयमा अध्ययनरत १ सय १८ जना बालवालिकाहरुलाई जुता सहित स्कुल ड्रेस वितरण गरेको छ ।
