
गाईघाट–दशैं लागिसकेको भन्दै उदयपुरको त्रियुगा नगरपालिकाकाका कार्यकारी अधिकृत घर हिडिदिएपछि जनताको काम प्रभावित बनेको छ ।
सरकारी विदा हुनुअघि नै कार्यालय छाडेर कार्यकारी अधिकृत उद्धवप्रसाद रिजाल घर हिडिदिएपछि नगरको कामकारवाही प्रभावित बनेको नगरप्रमुख मेयर बलदेव चौधरीले बताउनुभयो । नगरप्रमुखको हैसियतले आफुलाईसमेत जानकारी नदिइ हिडेको उहाँले बताउनुभयो ।
अधिकृत रिजाल आइतबार नै घरतर्फ लागेर मंगलबारदेखि मात्र निमित्त तोकेको जनाइएको छ । आफु अनुपस्थित भएपनि सोमबार आप्mनो हाजिरी देखाउन खोजेको बुझिएपछि छड्के गर्न प्रशासनलाई अनुरोध गरिएको मेयर चौधरीले बताउनुभयो । आफु विशेष कामले काठमाडौंमा रहेको बेला विना जानकारी कार्याकारी अधिकृतले पनि कार्यालय छाडेपछि जनताको काम कारवाही प्रभावित भएको स्विकार गर्दै उहाँले आफुलाई जनगुनासोका फोनहरु आइरहेको बताउनुभयो । कार्यकारी अधिकृत रिजालले नगरपालिकाको खास कामहरु पुरा गरेर दशैं मान्न घर गएको बताउनुभयो ।
सबैलाई बर्षदिने पर्व दशैंको चटारो छ तर, अधिकृत रिजालआफु सरकारको जिम्मेवार कर्मचारी भएकोले नाताले घर जान हतारो गर्न कर्मचारी नियमावली वितपरित छ । उहाँले विदा मिलाएर र आफु नरहदाको दिनदेखि नै एकस्तर कमका कर्मचारीलाई निमित्त तोकेर हिड्नुपर्नेमा त्यसो नगरेकोले जिल्लाकै जेठो र ठूलो नगरपालिकामा लापरवाही देखिएको छ । पद्धतीकै खिल्ली उडाइएको होकी भन्ने जनताको मनमा प्रश्न जागेको छ ।