Thursday, July 2News That Matters

कालोबजारी गर्ने ३ जना पक्राउ

पूर्णपुष्टि, जेठ १ गते ।

स्याङ्जामा लकडाउनको मौका छोपी खाद्यान्नको कालोबजारी गर्ने तीन जना पक्राउ परेका छन् ।  कालोबजारी गर्ने विरुवा गाउँपालिका–५ का सोम बहादुर थापा, इन्द्रबिर थापा र राजेन्द्र ्रसाद वाग्लेलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

पक्राउ परेकाहरुले दैनिक उपभोग्य सामग्री खाद्यान्न, मदिरा लगायतका सामग्रीहरु बढी मूल्यमा बेचेको जनाईएको छ ।

पक्राउ परेका तीनै जनालाई कालो बजार तथा केही सामाजिक अपराध नियन्त्रण ऐन २०३२ अनुसार मुद्दा दर्ता गरिएको जनाईएको छ ।