Friday, July 17News That Matters

प्रधानमन्त्रि लगायतको फोटो विगार्ने १ जना पक्राउ

पूर्णपुष्टि, जेठ १ गते । 

राजनीतिक दलका नेताहरुको फोटो विगारेर सामाजिक सञ्जालमा राख्ने सिन्धुलीका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । नेताहरुको कार्टुन बनाइ सामाजिक सञ्जालमा राख्ने सिन्धुली तीनपाटन गाउँपालिका–१ बेल्घारेका २१ वर्षीय मधु भनिने तोरणराज पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पौडेललाई विद्युतीय कारोबार कसुर अन्तर्गत पक्राउ गरेको हो । पक्राउ परेका पौडेललाई महानगरीय प्रहरी बिट दरबारमार्गले कारोबार कसुर अन्तर्गत काठमाण्ठौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।

अदालतले वैशाख २८ गते पौडेलको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । विद्युतीय कारोबारमा मुद्दा चलाइएका पौडेललाई समाएर पठाइ दिनु भनेकोले पक्राउ गरी काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ परेका पौडेललाई प्रधानमन्त्री, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतमको कार्टुन फोटो बनाइ सामाजिक सञ्जाल फेसबुकमा राखेको अभियोग लागेको प्रहरीले जनाएको छ ।